कामना सेवा विकास बैंकले बाल दिवसको अवसरमा १८ संस्थालाई सहयोग गर्‍यो

काठमाडौं । कामना सेवा विकास बैंकले आवश्यक सामाग्रीहरु सहयोग गरेको छ । विभिन्न बालआश्रम, सामुदायिक विद्यालयहरुमा ‘स्प्रेडिङ्ग स्माइलस’ भन्ने नाराका साथ आवश्यक सामाग्रीहरु सहयोग गरिएको हो ।

बैंकले राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको छ । प्रदेश १ बाट हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र सर्लाही चिल्ड्रेन सेन्टर, काठमाडौंबाट नन्दी माध्यमिक विद्यालय, पोखराबाट रेन्बो चिल्ड्रेन होम र जलजला बाल आश्रमलाई आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु सहयोग गरेको छ ।

बैंकले बुटवलबाट मणिग्राम नमुना माध्यमिक विद्यालय, सत्य साई विद्या पिठ, राजेश्वरी आधारभूत विद्यालय, तनहुँ माध्यामिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, बिन्द्याबासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यामिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र राइज अप ओर्फयान चिल्ड्रेन होम, पश्चिम क्षेत्रबाट सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट ब्लाइन्ड चिल्ड्रेन एजुकेसन सेन्टरमा आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु प्रदान गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री