चाडपर्वमा प्रोटोनको ‘गन्तव्य खुशीयालीको’ अफर

काठमाडाैं । यो दशैं तिहारलाई लक्षित गरेर प्रोटोनले ल्याएको छ ‘गन्तव्य खुशीयालीको’ अफर ल्याएको छ। यो योजना अन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिन्छ।

पहिलो वर्षको सडक कर र बीमा पाउनुका साथै सहज इन–हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिन्छ।

यो अफर प्रोटोनका सागा सेडान र एक्स् ५० र एक्स् ७० एसयुभीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। यो योजना भाद्र ३० गते देखि अधिराज्य भर सीमित अवधिको लागि मात्र लागू हुनेछ।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स नेपालको लागि प्रोटोनका गाडीको आधिकारिक वितरक हो। जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्धता सुनिश्चित गर्न राष्ट्रव्यापी रुपमा डिलरहरुको संजाल निर्माण गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री