अब माछापुच्छ्रे बैंकको मोबाइल बैकिङ र वेबसाइटबाटै रेमिट्यान्स प्राप्त गर्न सकिने

काठमाडौं । माछापुच्छ्रे बैंकको मोबाइल बैकिङ र वेबसाइटबाटै रेमिट्यान्स प्राप्त गर्न सकिने भएको छ । बैंकले अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।

प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधा अन्तर्गत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर ‘रिक्वएस्ट रेमिट’मार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिन्छ ।

जसअन्तर्गत नेपालमा रहेका व्यक्तिले आफूलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिङ्क पठाउन सक्नेछन् । उक्त लिङ्कमा गएर विदेशमा रहेका नेपालीले सहजरूपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् ।

यो सुविधा विदेशमा रहेका नागरिकहरूले क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरी पनि पठाउन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री