सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य

काठमाडाैँ । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकलाई दराजसँग ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

बैंकका अनुसार योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना २९ भदौदेखि ११ असोजसम्म १४ दिन लागु हुने जनाएको छ । सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी (ईएमआई) सुविधा लिँदा ५ सयको क्यासब्याक पनि प्रदान गर्नेछ । क्यासब्याक योजना १ असोजदेखि ३० कात्तिक हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री