सल्यान । शनिबार राति बाग्चौर नगरपालिका–१२ बाफुखोलामा घर पुरिँदा बालाराम डाँगीका दुई छोरी र एक छोराकाे मृत्यु भएको छ ।मृत्यु हुनेमा डाँगीका ८ वर्षीय छोरी ललिता डाँगी, ४ वर्षीय मेनुका डाँगी र ६ वर्षीय छोरा ललित डाँगी छन् । अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले आइतबार बेलुकीउनीहरु खेल्दै गरेको बेला घरसँंगै पुरिएका थिए । बाबुआमा बेलुकी भैंसी दुहुन गोठ गएको समयमा पहिरो खसेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




