नाडा अटो शो २०१८ यही भाद्र २६ देखि ३१ गते सम्म 

काठमाडौं । १३औं नाडा अटो शो २०१८ यही भाद्र २६ गते देखि ३१ गते सम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी कक्षमा आयोजन हुने भएको छ ।आम सर्व साधारणलाई सवारी साधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउने साथै सुरक्षित ड्राइविङ्ग, ट्राफिक नियमको पालना एवं सडक सुरक्षा सम्बन्धी व्यापक जन चेतनाको अविवृद्धि गर्ने नाडाले जनाएको छ ।  

४ पाङग्रे, २पाङग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखी, यस वर्ष तीनवटा ह्याङ्गरहरू राखिएका छन् । ६ दिन सम्म चल्ने नाडा अटो शो २०७५ मा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारी साधनहरू रहनेछन् ।

यसै गरी पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ भने साना ठूला गरि १३४ वटा ब्लक तथा स्टलहरू रहने छन् ।

प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत नेपालमै उत्पादित् सामग्रीहरू समेत रहने छन् ।

सर्भोद्वारा प्रायोजित नाडा अटो शो २०१८ मा अवलोकनकर्ताहरूको सुविधालाई ध्यानमा राखी प्रदर्शनी क्षेत्रमा २ पाङग्रे, ४ पाङग्रे तथा अटो कम्पोनेन्टहरू छुट्टा–छुट्टै ठाँउमा प्रदर्शनीका लागि राख्ने नाडाले जनाएको छ ।

साथै सहभागी व्यवसायीहरूले आफ्ना विभिन्न ब्राण्डका सवारी साधन, पार्टपूर्जा तथा अन्य सेवाहरू ग्राहक समक्ष प्रत्यक्ष पुर्याउने छ ।

नाडा अटो शो २०१८ एउटा किनमेलको थलो मात्र नभई सुचनाको आदान प्रदान, बजार विश्लेषण तथा समग्र नेपाली अटोमोवाइल व्यवसायको समस्टिगत विकासलाई प्रस्तुत गर्ने विश्वसनिय मंच समेत बन्ने आयोजकहरूको विश्वास रहेको छ ।

यस वर्ष प्रवेश टिकटमा प्रत्येक दिन गोला प्रथाद्वारा भाग्यशाली विजेताले कुलप्याड मेगा २.५डी प्राप्त गर्न सक्नेछन् । ६ दिने मेला अवधिमा लगभग ६० हजारले अवलोकन गर्ने आयोजकको भनाई छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस