निर्दयी छोरी : जसले आफ्नै बाबुको हत्या गरिन्

पाँचथर । पाँचथरको तुम्वेवा गाउँपालिकामा आफ्नै छोरीले  धारिलो छुरा प्रहार गरी आफ्नै  बाबुको हत्या गरेकी छिन् । तुम्वेवा गाउँपालिका-३, पसलटारकी २७ वर्षीया दिव्यरानी माङलाकले ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई छुरा प्रहार गरि हत्या गरेकी हुन् ।

छुरा प्रहारबाट  गम्भीर घाइते भएका वकिलबहादुरको उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा मुत्यु भएको हो ।

दिव्यरानीले शनिबार राति  मादक पदार्थ सेवन गरी बाबुलाई छुरा प्रहार गरेकी थिइन् । बाबुलाई छुरा प्रहार गर्ने दिव्यरानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि वढाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री