मुख्यमन्त्री राईलाई मातृशोक

काठमाडाैँ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक परेको छ । राईकी आमा सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो ।

भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि उपचारको लागि विराटनगर ल्याइएको थियो ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारका लागि आजै भोजपुर लगिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री