एनआईबिएल एस क्यापिटल लिमिटेडले पायो कोष व्यवस्थापकको अनुमति

काठमाडौँ । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष व्यवस्थापकको अनुमति प्राप्त गरेको छ ।  क्यापिटलले नेपालको पुँजी बजारमा विशिष्टीकृत लगानी कोष अन्तर्गत विभिन्न कोषहरू सञ्चालन गर्ने उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट उक्त अनुमति प्राप्त गरेको हो ।

विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधीनमा रही कोष व्यवस्थापकले कोष दर्ताको प्रक्रिया अगाडि बढाउने छ र इकाई बिक्री मार्फत रकम संकलन गरी सङ्कलित रकमलाई जोखिम न्यूनीकरणका उपायहरू अपनाई विभिन्न क्षेत्रका  कम्पनीहरूका शेयर तथा अन्य वित्तीय उपकरणहरूमा लगानी गर्नेछ ।

यसरी गरिएको लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई वार्षिक प्रतिफलको रूपमा वितरण गर्ने उद्देश्य समेत क्यापिटलले राखेको छ । स्थापना भएको कोषले विभिन्न कम्पनीको शेयरमा लगानी गर्ने हुँदा, विषेशगरि साना तथा मझौला व्यवसायहरू तथा नवप्रवर्तनमा आधारित व्यवसायहरूलाई अत्यन्त लाभदायक हुने र समग्र नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न जाने आशा समेत व्यक्त गरिएको छ ।

नवप्रवर्तनमा आधारित कम्पनी तथा व्यवसायीहरू नेपालको झन्झटिलो कर्जा प्रक्रिया, धितोको अपर्याप्तता तथा महँगो व्याज आदि कारणले गर्दा आफ्नो व्यवसाय विस्तार गर्न नसकेको अवस्थामा यस अनुमतिले नेपालमा लगानीको नयाँ स्रोत स्थापित गरी उद्यमशीलताको प्रवर्द्धन हुने देखिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री