प्रभु बैंकका ग्राहकलाई हाइग्राउण्ड एडभेन्चर्समा १० प्रतिशत छुट

काठमाडौं । दिन प्रभु बैंक लिमिटेड र पोखरास्थित हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकारी मञ्जयराज पाण्डे र हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिका तर्फबाट प्रमुख सञ्चालन अधिकारी दिनेश मर्हजनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र उक्त संस्था बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिद्धारा सञ्चालित सम्पूर्ण सेवा जस्तै (जिपलाइनीङ, बन्जि जम्पिङ, माउण्टेन बाइकिङ, क्वाड बाइकिङ) इत्यादि सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सम्झौता अन्तर्गत हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, चेक, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री