सीजी साना घरायसी सामग्रीहरुको दशैं–तिहार उपहार योजना बजारमा

काठमाडाैं । इलेक्ट्रोनिक्स ब्राण्ड सीजीअन्तर्गतको सीजी स्मार्ट डोमेस्टिक एप्लाएन्सेसले यसपालिको दशैँ, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ । ‘सीजीसँग यो पर्व, गरौँ गर्व’ नामक योजना कम्पनीले विभिन्न बम्पर तथा साप्ताहिक उपहारहरुसहित ल्याएको हो ।

योजनाअन्तर्गत ग्राहकहरुका लागि सी.जी. का साना घरायसी सामाग्रीहरुको खरिदमा बम्परमा ५५ इन्चको ओलेड टिभी १ जनालाई, दुबई भ्रमण १ जनालाई, मेगौली सेराइको बसाई २ जनालाई तथा हरेक हप्ता कार भ्याकुम ४ जनालाई जित्ने मौका रहेको छ ।

कम्पनीका अनुसार ग्राहकवर्गहरुले यस योजनासँगै सीजीका स्मार्ट उत्पादनहरु घर ल्याई गर्वका साथ नेपालको आफ्नै गुणस्तरीय ब्राण्ड प्रयोग गर्न सक्नेछन्भने आकर्षक उपहारहरुको आनन्द लिई पर्वलाई महापर्व बनाउन सक्ने कम्पनीले जनाएको छ ।

यो आकर्षक योजना कम्पनीले भदौ ११ देखि देशभरमा सिमित अवधिका लागि लागू गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री