नेपाल बैंकबाट आईपीओ भर्दा शुल्क नलाग्ने, सी-आस्बा शुल्क नलिने बैंकको संख्या ६ पुग्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडले आईपीओ भर्दा सी–आस्बा शुल्क नलिने भएको छ । बैंकको यही भदौ १३ गते बसेको व्यवस्थापनको बैठकबाट उक्त निर्णय गरिएको हो । यसअघि, यो बैंकबाट आईपीओ भर्दा १० रुपैयाँ सी–आस्बा शुल्क लाग्दै आएको थियो ।

योसँगै आईपीओ भर्दा शुल्क नलाग्ने बैंकको संख्या ६ पुगको छ । यसअघि, नबिल बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले सी–आस्बा शुल्क लिँदैन थिए ।

बैंकहरूले सी–आस्बा शुल्कबापत यसअघि १० देखि १०० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए । नेपाल धितोपत्र बोर्डले सी–आस्बा शुल्क प्रतिआवेदक अधिकतम पाँच रुपैयाँ लिन पाउने व्यवस्था गरेसँगै निःशुल्क सी–आस्बा सेवा दिने बैंकको संख्या बढ्दै गएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमुबिच बैंकमा निक्षेप खाता रहेका …

प्रतिकृया दिनुहॊस