दिउँसोदेखि वर्षाको सम्भावना, तीन दिन ठूलो पानी नपर्ने

काठमाडौँ । देशका विभिन्न भागमा आज पनि मौसम बदली र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छन् । बिहान काठमाडौँका केही स्थानमा छिटपुट वर्षा भए पनि दिउँसो र अपराह्न भने हल्कादेखि मध्यम वर्षा हुने उनको भनाइ छ । उपत्यकामा आज दिनभर मौसम बदली हुनेछ ।

आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको छैन । ‘आज, भोलि र पर्सिसम्म देशभर भारी वर्षाको सम्भावना देखिँदैन’, मौसमविद् नगरकोटीले भनिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । …

प्रतिकृया दिनुहॊस