Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

युरो भन्दा डलर महँगो, कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । युरो एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । आजको विनिमय दर अनुसार युरो भन्दा डलर महँगो भएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ ८४ पैसा र बिक्री दर १५० रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८४ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘डिलाइट डेरी ह्वाइटनर’ ई-कमर्स साइटमार्फत खरिद गर्न सकिने

काठमाडौं । सुजल डेरीको उत्पादन ‘डिलाइट डेरी ह्वाइटनर’ दराजलगायत अनलाइनमार्फत खरिद गर्न सक्ने व्यवस्था गरिएको …

प्रतिकृया दिनुहॊस