चालु आवकाे पहिलाे महिना साउनमा १३१ अर्बकाे आयात, १४.८० अर्बकाे निर्यात

काठमाडौँ । चालु वर्षको पहिलो महिना १ खर्ब ३१ अर्बको सामान आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालू वर्षको पहिलो महिना उक्त रकमको अयात भएको देखिएको हो ।

विदेशी मुद्राको सञ्चिति कम भएपछि त्यसलाई बढाउन सरकारले आयातमा कडाइ गरेपछि आयात घटेको देखिएको हो । यो गत वर्षको यही अवधिकोभन्दा १२ प्रतिशतले कम आयात हो । गत आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब ५० अर्ब रुपैयाँको आयात भएको थियो ।

त्यस्तै, चालू वर्षको पहिलो महिना साउनमा निर्यातसमेत गत वर्षको यही अवधिको तुलनामा २८.६८ प्रतिशतले कमी आएको छ । गत वर्ष यो अवधिमा २० अर्ब ७६ करोड रुपैयाँको निर्यात भएकोमा यो वर्ष १४ अर्ब ८० करोडको निर्यात भएको छ ।

गत वर्षको यो अवधिको तुलनामा व्यापार घाटामा समेत १४ प्रतिशतले घटेको छ । गत वर्ष यो वधिमा १ खर्ब २९ अर्बको घाटा रहेकोमा यो वर्ष साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ घाटा भएको हो । साउनमा मात्रै सरकारले आयातबाट ३१ अर्ब ९६ करोड राजस्व असुलेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपाल बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवाको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (SCT) …

प्रतिकृया दिनुहॊस