जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै, आजै शपथ लिने

काठमाडौँ । पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्री बन्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट उनको नाम अनुमोदन भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएका छन् ।

त्यस्तै, उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने स्रोतले जनाएको छ । करका दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि छानबिनका लागि संसदीय विशेष समिति बनेको थियो ।

समितिले छानबिन गर्दै शर्मा निर्दोष भएको निष्कर्ष निकालेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप