भूकम्पले भाेजपुर र खाेटाङमा भत्किए घर

काठमाडौँ । खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर आइतबार बिहान गएको भूकम्पबाट भोजपुरमा २ र खोटाङमा १ वटा घर भत्किएका छन् ।

भोजपुर नगरपालिका वडा नम्बर १२ टक्सारमा २ वटा घर भत्केर क्षतिग्रस्त भएको भोजपुर प्रहरीले जनाएको छ । यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा घर भत्किएको छ । भूकम्पबाट मानवीय क्षति भने भएको छैन ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको बताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री