काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलको श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.बीच सम्झौता भएको छ । विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने सझौता भएको हो ।
सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले श्री तिनाउ हस्पिटलका विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
सम्झौता अनुसार हस्पिटलबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्नेछन् ।
तपाईंको प्रतिकृया




