‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती’ योजनालाई निरन्तरता

काठमाडौँ । एनआइसी एशिया बैंकले आफ्नो बहुचर्चित डिपोजिट प्रडक्ट ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’को अवधि एक महिना बढाएको छ । बैंकले शनिवार एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्मका लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने यो प्रडक्टमा सहभागी हुने समयर्ला बढाएर साउन मसान्तसम्म कायम गरिएको जनाएको हो ।

व्यक्तिगत, संस्थागत एवम् रेमिटेन्स ग्राहकलक्षित यस योजनामा देश एवम् विदेशमा बस्ने नेपाली एवम् विभिन्न संस्थाहरूले अभूतपूर्वक सहभागिता र रुचि देखाएका समेत विज्ञप्तिमा दाबी गरिएको छ । यस योजनामा निक्षेपकर्ताहरूले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउन सकिनेछ भने आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सकिनेछ ।

योजनाको विभिन्न प्रकारहरूलाई निम्नानुसार तालिकामा देखाइएको छ :-

यसअघि बैंकको ५ वर्षसम्म कुल रु। ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहक महानुभावहरूको अत्यन्त उत्साहजनक सहभागिता रहिआएको छ ।

हाल यो बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित इकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अत्तरीयाको सहयोगमा आखाँ शिविर सम्पन्न

कैलाली -सानिमा बैंकको अत्तरिया शाखाको सहयोगमा आखाँ शिविर सम्पन्न भएको छ । गेटा आखाँ अस्पतालको …

प्रतिकृया दिनुहॊस