अष्ट्रेलिया उडिन् पूजा शर्मा

काठमाडौँ । अभिनेत्री पूजा शर्मा शनिबार राति अष्ट्रेलिया गएकी छिन् । पूजा फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरका लागि अष्ट्रेलिया गएकी हुन् ।

लामो समयदेखि भिसाको पर्खाइमा रहेकी पूजालाई अष्ट्रेलियाको भिसा अस्वीकृत भयो भन्ने हल्ला सार्वजनिक भइरहेका थिए । पूजाको भिसा भने पर्खाइको सूचीमा थियो । भिसा नपाएकै कारण पूजाले अष्ट्रेलियामा भएको बलिउड स्टार गोविन्दाको कार्यक्रममा प्रस्तुती दिन छुटेकी थिइन् । पूजाले गोविन्दाको कार्यक्रममा प्रस्तुती दिने तय भएको थियो ।

भिसाकै कारण उनको फिल्मको प्रिमियर पनि सर्दै आएको थियो । अब भने पूजाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर पक्का भएको छ । पूजा अभिनित फिल्म ‘सम्झना बिर्सना’ गत शुक्रबारबाट नेपाल प्रदर्शनमा आएको छ ।

यो फिल्ममा पूजा र आकाश श्रेष्ठले अभिनय गरेका छन् । पूजा ‘सम्झना विर्सना’ को प्रचार सकेर अष्ट्रेलिया उडेकी हुन् । अष्ट्रेलिया उडनुअघि पूजाले दर्शकसँग बसेर फिल्म ‘सम्झना बिर्सना’ हेरेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘लाज शरणम्’ मा धुर्मुस

काठमाडौं । झण्डै पाँच वर्षपछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा फर्किएका छन् । कुमार …

प्रतिकृया दिनुहॊस