शिवम् बन्यो नेपालकै सर्वाधिक बिक्रि हुने सिमेन्ट, ११ करोड बोरा बिक्री

काठमाडाैँ । शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट विक्री गर्दै नेपालभरी सर्वाधिक विक्री हुने ओपीसी सिमेन्ट बनेको छ । शिवम् सिमेन्टले स्थापना कालदेखि गत असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपीसी सिमेन्ट विक्री गर्ने उद्योग बन्न सफल भएको जनाएको छ ।

ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओपीसी सिमेन्ट मात्र उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन. एस. क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो ।

शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यावसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्त्वपूर्ण भूमिका प्रस्तुत गर्दै आइरहेको छ । नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविवियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।

उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्यधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको कम्पनीको दाबी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस