सिटिजन्स बैंक र सत्य ओमकार डेन्टलबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भैरहवाकझ रूपन्देहीस्थित सत्य ओमकार डेन्टल होम प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूले सत्य ओमकार डेन्टल होम प्रालिका सेवामा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री