स्मार्टच्वाइस टेक्नोलोजी र मुक्तिनाथ बैंकबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच ‘स्मार्ट क्युआर’ मार्फत भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको हो ।

सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंक लिमिटेडको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरे ।

सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न विश्वास लिएको स्मार्टच्वाइस टेक्नोलोजीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री