काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४४ जना र एन्टिजन परिक्षण गर्दा ३३ जना गरि जम्मा १७७ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४१ जना कोरोनामुक्त भएका छन् ।
योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।
पछिल्लो २४ घण्टामा १८०५ जनाले पिसिआर र १३२१ जनाले एन्टीजेन परिक्षण गरेका थिए । हाल देशभर सक्रिय संक्रमितको संख्या बढेर ८७३ पुगेको छ ।
तपाईंको प्रतिकृया




