नेप्सेमा सामान्य सुधार, कारोबार दुई अर्बभन्दा तल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मंगलबार पहिलोपटक सेयर बजार मापन परिसूचक नेप्से ११.६८ अंकले बढेको छ । सोमबार भारी गिरावट आएको नेप्सेमा आज सामान्य सुधार भएको हो ।

सोमबार नेप्से ७७.१ अंकले घटेर एक हजार ९१५.६१ को विन्दुमा झरेको थियो । मंगलबार नेप्से ११.६८ अंकले बढेर एक हजार ९२७.२८ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि २.०९ अंकले बढेको छ ।

मंगलबार दिनभर २६६ कम्पनीका ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँबराबरको कारोबार भयो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस