कांग्रेसले भन्यो- भ्रष्टाचार घट्यो, परराष्ट्र नीति सन्तुलित बन्यो

काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको एक वर्ष सन्तोषजनक रहेको रहेका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले सरकारको काममा असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको समेत जिकिर गरे ।

‘सरकारको एक वर्ष सन्तोषजनक भयो । नेपाल श्रीलंकाको अवस्थामा पुग्ने कुनै सम्भावना छैन् । सरकारको काममा असन्तुष्ट हुनुपर्ने कारण छैन’, उनले बैठकमा भने ।

कोभिड व्यवस्थापन र सुशासनका सवालमा कांग्रेसले महत्वपूर्ण काम गरेको जिकिर गर्दै महतले वैदेशिक नीतिको अन्यौलता पनि हटेको जिकिर गरेका छन् । यद्यपि चुनौती धेरै रहेको उल्लेख गर्दै महले सामना नै गर्न नसक्ने अवस्था भने नरहेको बताए । उनले सरकारको एक वर्षको अवधिमा भ्रष्टाचार समेत घटेको दावी गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस