काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि टोकियोको एक बौद्ध मन्दिरमा गरिँदैछ । शुक्रबार चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनको हत्या भएको थियो ।
शिन्जो आबेलाई पछाडिबाट गोली लागेको थियो । जापान टाइम्सका अनुसार गोली लागेका आबेको घाँटीमा चोट लागेको थियो र उनको छातीभित्र रगत बगेको थियो । प्रहरीले घटनास्थलबाट ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ ।
जापानी मिडियाका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् । संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया यामागामीको रूपमा गरिएको छ। उनी नारा शहरका बासिन्दा हुन् । आक्रमणकारीले हातले बनाएको बन्दुकले गोली हानेको हो ।
तपाईंको प्रतिकृया




