एजेन्सी । श्रीलंकामा प्रदर्शनकारीविरुद्धको प्रदर्शन जारी छ । यसपटक सबै प्रदर्शनकारीहरू आ-आफ्ना मुडमा देखिएका छन् र राष्ट्रपति, प्रधानमन्त्रीको घरमा शिविर लगाएर बसेका छन् । हाम्रा माग नमान्दासम्म हामी यहाँबाट नहट्ने सबैको भनाइ छ ।
श्रीलंकाको प्रमुख विपक्षी दल समगी जना बालवेगया (एसजेबी) ले सोमबार सर्वसम्मतिले सजिथ प्रेमदासालाई अन्तरिम राष्ट्रपतिको लागि मनोनयन गर्ने निर्णय गरेको छ । साथै, जुलाई २० मा श्रीलंकाको संसदमा नयाँ राष्ट्रपति चयन हुनेछ । यसैबीच देश छोडेर भाग्न खोजेका राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ बसिल राजापाक्षेलाई कर्मचारीले रोकेका छन् ।
तपाईंको प्रतिकृया




