सुरु भयो सातौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन

काठमाडाैं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौँ संस्करणको अनलाइन नोमिनेशन ‘आवेदन’ जुलाई १ देखि सुरु भएको छ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यको आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ को नोमिनेशन शुक्रबारदेखि सुरु भएको हो। सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिष्कृत र विस्तारित रूपमा आयोजना हुँदै आइरहेको छ।

आइसिटी अवार्ड २०२२ को लागि विभिन्न ११ विधाहरूमा नोमिनेशन खुल्ला गरिएको र अनलाइन नोमिनेशन साउन ३१ गतेसम्म जारी रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए। उनका अनुसार आइसिटी अवार्डमा प्रतिस्पर्धी आफैँ वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गर्न सक्नेछन्। अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम भरेर बुझाउनुपर्नेछ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले आउँदो मंसिरमा आयोजना हुनेछ। यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढी चरणमका छनौट प्रक्रियालाई अगाडि बढाउनेछ।

१२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा प्रिजेन्टेशन, स्पिड डेटिङ, पब्लिक भोटिङ लगायत उत्कृष्ट ५ को लागि फिल्ड भिजिट समेत सञ्चालन हुनेछ। यसवर्ष २५ भन्दा बढी जुरी मिटिङ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री