नगर प्रहरीले मकैसहित ठेला उठाएका दम्पतीलाई कांग्रेस नेताले दिए ५१ हजार

काठमाडाैं । काठमाडौँको बालुवाटारमा मकै बिक्री गर्ने क्रममा काठमाडौँ महानगरले गाडा उठाएका दम्पतीलाई कांग्रेस नेता मोहन बहादुर बस्नेतले आर्थिक सहयोग गरेको छ । सिन्धुपाल्चोक मेलम्ची-१० का चेतेन्द्र आचार्य दम्पतीलाई आइतबार बस्तेलसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले रु ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

नगरपालिकाले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताए । उनले सवारीसाधनको आवतजावत र सर्वसाधारणको आवतजावतमा समस्या नहुने गरी व्यवसाय गर्न सुझाव दिए । त्यस्तै, चेतेन्द्र आचार्यले कसैलाई बाधा नपर्ने स्थानमा व्यापार गर्दा आफ्नो गाडा उठाइएको गुनासो गरे ।

प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले उनीहरूको गाडा जफत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री