एनएमबि बैंक र टानबीच डिजिटल सेवामा प्राथमिकता दिने सम्झौता

काठमाडौं । एनएमबि बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान)बीच डिजिटल सेवाहरूलाई प्राथमिकता दिन सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुबबहादुर सुबेदले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार टानका सदस्यहरूले एनएमबि बैंकको डिजिटल सेवाहरू सजिलै उपभोग गर्न सक्ने बैंकले जनाएको छ । एनएमबि बैंकले डिजिटल सेवाहरू वी च्याट, पोस, क्यूआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरू प्राथमिकताको साथ प्रवाह गर्दै आइरहेको छ । यी सेवाहरूले गर्दा टानका सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैङ्कद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामाग्री वितरण (तस्वीरहरु)

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लागि राहत …

प्रतिकृया दिनुहॊस