अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीन जना पक्राउ

काठमाडाैँ । महोत्तरीको जलेश्वर नगरपालिका-१२ सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन् । प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर-१२ नैन्ही गाउँस्थित सीमा नाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट पाँच हजार ८०० भारु बरामद गरेको छ । तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस