काठमाडौं । लगातार घटबढ भइरहेको सुनचाँदीको मूल्य साताको अन्तिम दिन घटेको छ । अघिल्लो दिनको भन्दा ३ सय रुपैयाँ घट्दा शुक्रबार सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार २ सय रुपैयाँले बढ्दा प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । साताको पहिलो दिन तोलाको ९७ हजार ३ सय पुगेको सुन त्यसयता लगातार घटबढ भइरहँदा पनि पुनः उक्त मूल्यमा पुगेको छैन ।
चाँदीको मूल्य शुक्रबार २५ रुपैयाँ घटेर प्रतितोला १२ सय १० रुपैयाँ भएको छ । बिहीबार प्रतितोला १२ सय ३५ थियो । चाँदीको कारोबार मूल्य साताको पहिलो दिन १२ सय ४५ थियो ।
प्रतिकृया दिनुहॊस