काठमाडाैँ । बेंसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेंसीसहर नगरपालिका-६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।
खरखरे भीरमा ठूला-ठूला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताए । उनले भने, ‘त्यहाँ ठूलो पहिरो विगतमा गएकाले हल्का पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने ठाउँ हो, झन केही दिनयता ठूलो वर्षा भइरहेकाले पहिरोले सडक अवरुद्ध बनाइरहेको छ ।’
प्रहरीका अनुसार १०/१५ मिटर सडक नै अवरुद्ध बनाएको छ । सोही वडाको बेलौती बिसना नजिकै पनि पहिरोले सडक अवरुद्ध बनाएको छ । यतिबेला डुमे्र-बेंसीसहर-चामे सडक योजना कार्यालय लमजुङको स्काभेटरले खुलाउने प्रयास गरे पनि कति समय लाग्ने यकिन नभएको बताइएको छ । बेंसीसहर चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एक मात्र सडक हो ।
प्रतिकृया दिनुहॊस