पर्यटनमन्त्री आलेविरुद्ध प्रहरीमा निवेदन, के छ निवेदनमा ?

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध निवेदन परेको छ । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्री आलेले धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर टेकुमा निवेदन दिएका हुन् ।

निवेदक अधिकारीले दुवै कार्यालयमा आफैँ उपस्थित भएर बुझाएको निवेदनमा मन्त्री आलेले गोली हान्ने र कुटपिट गर्ने धम्की दिएको उल्लेख छ । पर्यटनमन्त्री आलेले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीमाथि हातपात गरेको घटना हिजो बाहिरिएको थियो ।

तर पर्यटनमन्त्रीको सचिवालयले मन्त्रालयमा यस्तो घटना नभएको दाबी गर्दै विज्ञप्ति निकालेको छ । यसअघि कामको सिलसिलामा भारत बस्ने जगत ओली नामका युवालाई तथानाम गाली गर्दै खुट्टा भाँचिदिने धम्की दिएर आले विवादमा तानिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस