एनएमबि बैंकद्वारा लालबन्दीका तरकारी उत्पादक कृषकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान

एनएमबि बैंकद्वारा लालबन्दी (सर्लाही) का तरकारी उत्पादक कृषकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ। कार्यक्रममा तरकारी उत्पादक समूहका करिव १५० जना कृषकहरुको उपस्थिति रहेको थियो। बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरुसँग अन्तर्कृयासमेत गरी उनीहरुको जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो ।

कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रवन्धक शरद पौडेलले सहजीकरण गरेका थियो भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुणकुमार आचार्यले गरेका थिए। सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ। यस क्षेत्रका करिव १,५०० किसानहरु प्रत्यक्षरुपमा व्यवसायीक तरकारी खेतीमा लागेका छन्। यस क्षेत्रमा उत्पादित तरकारीहरु नेपालका काठमाडाैं, पोखरा, विराटनगर, नारायणगढ लगायतका विभिन्न शहरहरुमा पठाईने गरिन्छ। यस कार्यक्रमले यहाँका किसानहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पर्ने बैंकले बिश्वास लिएको छ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप