आज सातै प्रदेशले बजेट ल्याउँदै

आज देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन्।

संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन्। सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन्।

प्रदेश सरकारले आ-आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन्। खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप