जनरल इन्स्योरेन्स कम्पनीको चौंथो साधारण सभा सम्पन्न

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा अमृतभोग, कालिकास्थानमा सम्पन्न भएको छ ।

सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेश भएको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित भएको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक बर्षसहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाहसम्बन्धी अनुसूचीमाथि छलफल गरि पारित भएको छ ।

त्यस्तै, आर्थिक बर्ष २०७८/७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्दै सभा सम्पन्न भयो । साथै उक्त साधारण सभाको अवसरमा बीमा सेवा सबैको हातहातमा भन्ने उद्देश्यसहित GIC NEPAL नामक APP संचालनमा ल्याएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

हिमालयन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस