पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक संचालनमा

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालन भएको छ।

गए राति ९ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप