नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एक कार्यक्रमका बीच शुक्रबार उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको दुबै बैंकले संयुक्त विज्ञप्ती जारी गरेर जनाएका छन् । यी दुई बैंक मर्जरमा जाने भएपछि दुबै बैंकले गर्ने कारोबार सोमबारबाट रोकिने छ।

मेइभेष्टमेन्ट र मेगाको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १००ः९० राखेर यी दुई बैंक मर्ज हुने भएका हन् । मर्जरपछि बैंकको अध्यक्षमा हाल इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीईओ हाल इन्भेष्टमैन्टका ज्योति पाण्डे नै रहने भएका छन् ।

मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी झण्डै ३४ अर्बभन्दा बढी पुग्ने बताइएको छ । चुक्ता पूँजीको हिसाबले यो बैंक मर्जरपछि नेपालकै ठूलो बन्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस