बल्ल पाए नेपाल आईडलका बिजेता बुद्धले कार

काठमाडौँ । नेपाल आईडलका बिजेता बुद्ध लामाले बल्ल कार पाएका छन ।अन्‍नपूर्ण मिडिया नेटवर्कले ( एपिवान  टेलिभिजन )  नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ कार तथा नगद २० लाख रुपैयाँ प्रदान गरेको छ।

त्यस्तै गरी दोश्रो हुने निशान भट्टराईलाई नगद पुरस्कार रु १५ लाख र तेस्रो हुने प्रताप दासलाई  नगद पुरस्कार रु १० लाख पनि सोहि कार्यक्रममा प्रदान गरेको छ।

एपिवान  टेलिभिजनले बिजेता घोषणा पश्चात् ३ जनै प्रतिष्पर्धी अति ब्यस्तताको कारण पुरस्कार  शुक्रबार मात्रै दिन सकेको जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस