बिर्तामोड घटनाको अनुसन्धान शुरु

झापा ।  झापा अर्जुनधारा– ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान शुरु गरेको छ ।

गृहका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा ४ सदस्यीय उच्चस्तरीय  छानविन समितिले आइतबार विहान जिल्ला प्रशासन कार्यालय झापामा आयोजित सुरक्षा समितिको बैठकमा बालक हत्याकाण्ड र बिर्तामोड घटनाको बारेमा बुझेका थिए   र आजैदेखि अनुसन्धान शुरु गरिसकेको झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए ।

समितिले बिर्तामोड घटनाका बारेमा थप अनुसन्धान गरी सात दिनभित्र रायसुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने बताइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चुडामणिको मुद्दामा विपक्षी झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका कर फर्स्योट आयोगका पूर्व …

प्रतिकृया दिनुहॊस