मेक्सीकोको कारागारमा कैदीहरूबीच झडप, १३ को मृत्यु

काठमाडौं । मेक्सिकोकोको एक कारागारका कैदीहरु बीचको विवादले झडपको रुप लिँदा १३ को मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।

नुएभो लेओन राज्यमा रहेको काडेरेता कारागारमा दुई समूह बीच झडप हुँदा यति ठूलो मानवीय क्षति हुन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

काडेरेता कारागारमा यसअघि पनि पटक–पटक यस्तै आन्तरिक झगडा र झडप भएको थियो । त्यसक्रममा दर्जनौँको मृत्यु भइसकेको छ ।

नुएभो लेओन राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले पत्रकार सम्मेलनमा घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जानकारी दिएका छन् ।

मेक्सिकोको प्रहरीले अहिलेसम्म पनि घाइतेहरूको स्पष्ट पहिचान हुन नसकेको जनाएको छ । घटना भएको कारागारलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसै वर्षको गत मार्च महिनामा भएको यस्तै झडपमा परी चार जनाको मृत्यु भएको थियो भने अरू थुप्रै घाइते भएका थिए ।

अनलाइनखबरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

वेस्टर्न युनियनद्वारा विजेताको नाम सार्वजनिक, शबानाले जितिन् १ लाख

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको आफ्नो नयाँ वर्ष लक्षित “नगदमा …

प्रतिकृया दिनुहॊस