सिटिजन्स बैंकद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशकोे बाढी प्रभावित क्षेत्रमा पीिडतलाई आर्थिक सहयोग गरेको छ । बैंकले ११ लाख रुपैयाँ सहायता प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले महोतरीकाे मटीहानीका बाढी पीडितहरुलाई ५ लाख रूपैयाँ बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री वितरण गरेका छन् ।

बैंकले ५ सय परिवारलाई १ हजार बराबरको त्रीपाल तथा खाद्यन्न सामग्री उपलब्ध गराएको छ । वडा कार्यालय र स्थानीय प्रशाशनको समन्वयमा राहत वितरण कार्यक्रम गरेको थियो । यस अघि पनि बैंकले भूकम्पका पीडितलाई  १ करोड सो कोषमा प्रदान गरेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बीवाईडीले सार्वजनिक गर्‍यो विजेता, ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरोकप हेर्न जान पाउने लक्की ड्र …

प्रतिकृया दिनुहॊस