Tag Archives: mainnews

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

प्रहरी बिटभित्रै नाबालिग बलात्कृत, हवल्दार जेल चलान

काठमाडौं । प्रहरी कार्यालयमै बलात्कार गरेको आरोपमा प्रहरीका हवल्दार जेल चलान भएका छन् । भक्तपुरको कमलविनायक बिटमा कार्यरत हवल्दार नवराज श्रेष्ठ जेल चलान भएका हुन् । उनले गत २९ असारमा एक नाबालिगलाई प्रहरी बिटभित्रै बलात्कार गरेको अभियोग छ । गत २५ साउनमा भक्तपुर जिल्ला अदालतले श्रेष्ठलाई जेल चलानको आदेश दिएको छ । प्रहरीका अनुसार ती नाबालिग र एक युवक रातको समयमा कलमपोखरी छेउमा गफ गरिरहेका थिए । त्यही क्रममा हवल्दार …

पुरा पढ्नुहॊस »

पशुपतिको कोटिहोमको अन्तिम दिन तनाव, किन पुगेको थियो सादा पोशाकमा प्रहरी ?

काठमाडौं । एक महिनादेखि पशुपतिनाथ परिसरमा सञ्चालित ‘कोटिहोम’ महायज्ञको समापनमा तनाव भएको छ । साउन ३२ गते कार्यक्रम समापन हुँदै गर्दा सादा पोशाकका प्रहरी पुगेपछि तनाव उत्पन्न भएको हो । कोटिहोमका संकल्पकर्ता तथा मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिन खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको थियो । कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए । विजयकृष्णले आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए । …

पुरा पढ्नुहॊस »

दूधकोशी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–५ को टासी लाप्चा क्षेत्रमा लेदोसहित आएको भीषण बाढी प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दूधकोशी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ । शुक्रबार दिउँसो एक्कासी बाढी आएपछि प्रशासनले सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा जान भनेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार हिमताल फुटेको आशंका छ । अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी …

पुरा पढ्नुहॊस »

कुलमानको गुनासो- लोडसेडिङ हुँदा खुसी हुने जमातले मेरो विरोध गर्‍यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ् हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् । प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा आयोजित सम्मान तथा पुरस्कार वितरणमा उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको र उनीहरूले विरोध गरेको बताएका हुन् । केही जिम्मेवार पदाधिकारीलगायतले जिम्मेवार ठाउँमा पुगेर प्राधिकरणको हिसाबकिताबप्रति आशंका व्यक्त गर्ने गरेको उनको भनाइ छ । ‘महालेखा परीक्षकको ३ वटा संस्थाले …

पुरा पढ्नुहॊस »

परराष्ट्रमन्त्रीको भारत भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषदका १४ निर्णय (सूचीसहित)

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधि मण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । त्यस्तै, बैठकले आगामी असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोकसेवा आयोगको क्षमता …

पुरा पढ्नुहॊस »

प्रहरीले खुलायो गठ्ठाघर दुर्घटनाका मृतकको वास्तविक परिचय

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ । मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-४ घर भएका उत्तम कोइराला हुन् । भक्तपुर परिसरका डीएसपी राजन कार्कीले मृतकका आफन्तले उनी कोइरालाको भएको पुष्टि गरेको बताए । करिब ४५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ ।

पुरा पढ्नुहॊस »

पेट्रोल/डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको छ । निगमले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटाएको छ ।

पुरा पढ्नुहॊस »

आइजिपीलाई गृहमन्त्रीको निर्देशन- गठ्ठाघर दुर्घटनामा कसको गल्ती छ ? गम्भीरतापूर्वक छानबिन गर्नू

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी बसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।

पुरा पढ्नुहॊस »

बिहानै घाम लाग्यो, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी भू-भागहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै …

पुरा पढ्नुहॊस »