Tag Archives: mainnews

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज सरकारी निकायको भय रहला । अविश्वास उत्पन्न हुनेछ । परिवारमा झैझमेलाको अवस्था आउला, तर पुँजी बजारले भने साथ दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मा निलम्बन गरेका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका उनलाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको हो । सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मूनामा प्रतिदी समेत रहनु भएका प्रदेश सभा सदस्‍य अभिराम शर्मालाई अभियोग मागदावी बमोजिम …

पुरा पढ्नुहॊस »

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार एक सय रुपैयाँ दरको नोटको अग्र भागमा रहने गरेको नेपालको नक्साको स्थानमा नेपालको नयाँ नक्सा राखेर नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । अब सय रुपैयाँको नोटमा नेपालको …

पुरा पढ्नुहॊस »

कक्षा १२ को परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौं । झापाको दमकमा शुक्रबार दिउँसो गोली चल्दा एक छात्रा घाइते भएकी छिन् । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत उदयपुरकी एनिका अधिकारी घाइते भएकी हुन् । प्रहरीका अनुसार ती विद्यार्थीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

जापान पठाउने भन्दै २१९ जनालाई ठगी, २ करोड ६८ लाख असुली

काठमाडौं । जापान पठाउने भन्दै २१९ जनालाई ठगी दुई जना पक्राउ परेका छन् ।  ठगीको आरोपमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र झापा गौरादहका पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे पक्राउ  परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तीहरूले ती सबैबाट २ करोड ६८ लाख ठगी गरेका थिए ।  उनीहरूले नियोनी एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान …

पुरा पढ्नुहॊस »

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७औं महाधिवेशनका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको र आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास दिलाए । ‘सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण …

पुरा पढ्नुहॊस »

सहकारी हिनामिनामा छानबिन गर्न राप्रपाको माग, हाम्रा सांसदलाई पनि नछोड्नू

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीकी प्रतिनिधिसभा सांसद गीता बस्नेत जोडिएको सहकारी बचत हिनामिना प्रकरणमा स्वतन्त्र छानबिन गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीको मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसद बस्नेतमाथि सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो । सांसद बस्नेत सञ्चालक रहेको कम्पनीबाट सहकारीको बचत अपचलन भएको विषय सार्वजनिक भएपछि राप्रपाले छानबिनमा सहयोग गर्न सांसद बस्नेतलाई निर्देशनसमेत दिएको छ । ‘राप्रपाकी प्रतिनिधिसभा सदस्य गीता …

पुरा पढ्नुहॊस »

पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग सम्झौता गर्ने छैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गरेका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते, अपाङ्गलगायत प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गरेकाहरूप्रति सम्मान प्रकट गरेकी छन् । सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ …

पुरा पढ्नुहॊस »

भेलुबाजेको निधन

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ । उनको बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा निधन भएको हो । हँस्यौली ठट्यौलीमा कुरा गर्ने उनी युट्युबमा लोकप्रिय थिए । अत्याधिक मादकपदार्थ सेवनको कारण बिरामी परेका उनलाई केही समय पहिले मात्रै काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गरेर लगिएको थियो । उपचारपछि स्वस्थ्यमा सुधार देखिएको थियो । पछिल्लो समय सामान्य भएपनि पुनः बिरामी परेपछि उनलाई …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »