Tag Archives: fea

ग्लोबल आइएमई बैंक १६औँ वर्षमा प्रवेश

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ । काठमाडौंको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुङ्गा पार गरेकोमा सम्मान गरेका छन् । यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरेका छन् । बैंकका …

पुरा पढ्नुहॊस »

बढ्यो चिसो : वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर ह्वातै चिसो बढेकोे छ । यो साता देशका अधिकांश भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने मौसमविदले जानकारी दिएका छन् । पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साताको शुरुमा देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ …

पुरा पढ्नुहॊस »

फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । यस्तो छ तीन दिनको पूर्वानुमान आज दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैङ्कको लाभांश घोषणा

काठमाडौँ । माछापुच्छ्रे बैङ्कले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैङ्कको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयर धनीहरूलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र बैङ्कको आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ प्रालिसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार सिप्रदी ट्रेडिङ प्रालिबाट ग्राहकले टाटा ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकलाई अधिकतम ५ वर्षका लागि कर्जा उपलब्ध गराउनुका साथै ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ । देशका १०३ वटा …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको भैँसेपाटीमा

एभरेष्ट बैंकले  ललितपुरको भैँसेपाटीमा आफ्नो १०४ औं शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ।

पुरा पढ्नुहॊस »

कक्षा १२ को परीक्षाको नयाँ मितिबारे १५ दिनअघि सूचना

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ मितिबारे १५ दिनअघि सूचना दिने बताएको छ । बोर्डले एक सूचना प्रकाशित गरेर १५ दिनअघि नै सूचना दिने बताएको हो । बोर्डले शनिबार कोभिड१९ को महामारी बढेको भन्दै साउन ३१ गतेबाट सुरु गर्ने तय भएको १२ कक्षाको परीक्षा स्थगित गरेको थियो । नयाँ मितिबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा कम्तिमा १५ दिनअघि सूचना दिएर …

पुरा पढ्नुहॊस »

रेल चल्ने मिति नतोकिँदै तोक आदेशमा जागिर खाएका दुई सयलाई ३५ लाख

काठमाडौं । जयनगर–जनकपुर–कुर्था रेल सेवा कहिलेदेखि सञ्चालन हुन्छ, टुंगो छैन । तर नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईको तोक आदेशमा भर्ना भएका दुई सयभन्दा बढी कर्मचारीलाई तलब भत्ताका लागि करिब ३५ लाख रुपैयाँ भुक्तानी दिइसकेको पाइएको छ । दैनिक ज्यालादारीमा दुई सय जति कर्मचारी भर्ना गरिएको र उनीहरूमध्ये केहीलाई तालिमसमेत दिइएको भट्टराईले स्विकारे । भर्ना गरिएका कर्मचारीको तलब भत्तामा ३५ लाख रुपैयाँ भुक्तानी भइसकेको पनि उनले बताए । ‘सक्दो छिटो रेल सेवा सञ्चालन गर्न …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको सहकार्यमा जयनेपाल र नक्साल भगवती चोकमा ट्राफिक लाईट सञ्चालन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । महाशाखाले जय नेपाल चोकमा कामनपा – १ र नक्साल भगवतीमा कुमारी बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो । नयाँ जडान गरिएको जय नेपाल चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामनपा वडा नं – १ का वडाअध्यक्ष भरत …

पुरा पढ्नुहॊस »

पत्रकार बुढाथोकीलाई धम्की दिनेलाई कारबाही गर्न महासंघको माग

काठमाडौँ । नेपाल पत्रकार महासंघले लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक तथा महासंघ सदस्य गजेन्द्र बुढाथोकीलाई धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ । बुढाथोकीमाथि कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको व्यवस्थापनको तर्फबाट नाम तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गराएको भन्दै महासंघले आपत्ति जनाएको हो । उक्त घटनाबारे महासंघको ध्यानाकर्षण भएको महासचिव रोशन पुरीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केही दिनयता नचिनेको नम्बरबाट फोन गरी ज्यानलाई …

पुरा पढ्नुहॊस »