खेल

जनकपुर बोल्ट्स बन्यो एनपिएलको प्लेअफ पुग्ने पहिलो टिम, काठमाडौं गुर्खाज पराजित

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । बिहीबार काठमाडौं गुर्खाजविरुद्ध ५ विकेटको जित निकाल्दै जनकपुरले प्लेअफको यात्रा गर्‍यो । ऊ एक खेलअगावै प्लेअफमा पुगेको हो । आफ्नो छैटौँ खेलमा काठमाडौंले दिएको १ सय २ रनको सामान्य लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि जेम्स नीशमले २७, हर्ष ठाकरले अविजित २५, लाहिरु मिलान्थाले १६, मोहम्मद मोहोसिनले अविजित …

पुरा पढ्नुहॊस »

सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गरेको छ । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १८ रनको योगफल बनायो । उक्त लक्ष्य पछ्याएको विराटनगर किङ्सले ६ बलमा ५ रन मात्रै जोड्न सक्यो । यससँगै पोखराले सुपर ओभरमा विराटनगरमाथि १३ रनको जित निकाल्यो । सुपर ओभरमा पहिले ब्याटिङमा उत्रिएको पोखराका रेमन राइफरले शानदार प्रदर्शन गरे । उनले विराटनगरका सन्दीप लामिछानेको पहिलो …

पुरा पढ्नुहॊस »

काठमाडौंको दोस्रो जित, पाँचौं हारसँगै लुम्बिनी बाहिरियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई हराएसँगै काठमाडौंले दोस्रो जित निकालेको हो । आजको खेलमा हार व्यहोरेसँगै लुम्बिनीको भने प्लेअफ सम्भावना सकिएको छ । लिगको आफ्नो छैठौं खेलमा बुधबार काठमाडौं गुर्खाजसँग पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी समूह चरणबाटै बाहिरएको हो । ६ खेलबाट …

पुरा पढ्नुहॊस »

जनकपुरको पहिलो हार, सुदूरपश्चिमसँग ७२ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले बलियो टोली जनकपुरविरुद्ध शानदार जीत दर्ता गरेको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरपश्चिमले ७२ रनले पराजित गरेको हो । सुदूरपश्चिमका बलरसामु टिक्न नसकेको जनकपुर १२.१ ओभरमा ५१ रनमा अलआउट भयो । फराकिलो जीतसँगै सुदूरपश्चिम ८ अंकसहित अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ । जनकपुर दोस्रो स्थानमा झरेको छ । ५ खेलपछि ८ अंक भए पनि रनरेटमा जनकपुर दोस्रो स्थानमा …

पुरा पढ्नुहॊस »

एनपीएलमा लुम्बिनीको पहिलो जित, कर्णालीले पोखरालाई हरायो

काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ । चितवन राइनोजसँगको खेलमा लुम्बिनीले फराकिलो अन्तरले जित हासिल गरेको हो । कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङ र बलिङमा लुम्बिनीले ३३ रनले हराउँदै चितवनलाई हराएको हो । खेलमा रोहितले ४ विकेट लिए । चितवन राइनोजले निर्धारित २० ओभरमा ८ विकेट बनाएर १३४ रन बनाउन सक्यो । लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य दिएको थियो । अर्को पोखरा …

पुरा पढ्नुहॊस »

एनपिएलमा सुदूरपश्चिमको पहिलो हार, जित्यो चितवन

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको छ । आज भएको खेलमा चितवन राइनोजसँग पराजित भएसँगै सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको हो । चितवन राइनोजले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रनमा समेटियो । सुदूरपश्चिम रोयल्सलाई सस्तैमा समेट्न चितवन राइनोजका सबै बलरले उत्कृष्ट बलिङ गरे । रिजन ढकाल, कुशल मल्ल, जन निकोल लोफ्टी ईटन …

पुरा पढ्नुहॊस »

स्टार भलिबल खेलाडी मानबहादुर र सरस्वती अस्ट्रेलिया पलायन

काठमाडौं । नेपालको महिला राष्ट्रिय भलिबल खेलाडी अस्ट्रेलिया पलायन भएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताएका छन् । उनले खेलाडीहरूको विदेश पलायन रोक्न जरुरी रहेको पनि बताए । नेपाल आँखा अस्पतालको साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त जानकारी गराएका हुन् । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरूलाई सरकारले रोजगारी र स्वास्थ्यमा सुविधा दिन नसकेको मन्त्री चौधरीको भनाइ थियो । उनले खेलाडीको स्वास्थ्य बीमा पनि राम्रोसँग गर्न नसकेको भन्दै सरकार …

पुरा पढ्नुहॊस »

विराटनगरमाथि कर्णालीको रोमान्चक जित

काठमाडौं । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्समाथि रोमान्चक जित हासिल गरेको छ । शनिवारको दोस्रो खेलमा कर्णालीले ७ रनको रोमान्चक जित हात पार्यो । कर्णालीले दिएको १ सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । चौथो खेलमा दोस्रो जित हात पारेको कर्णालीको ४ अंकमा रहेको छ भने विराटनगरले चौथो खेलमा तेस्रो हार …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिमको लगातार तेस्रो जित, फेरि हार्‍यो लुम्बिनी

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ । शनिबार लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित दर्ता गरेको हो । जितका लागि सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमा समेटियो । लुम्बिनी लायन्सका लागि विवेक यादवबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विवेकले ५४ बलमा ७७ रन बनाए । …

पुरा पढ्नुहॊस »

लुम्बिनीमाथि पोखराको १० विकेटको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछाएको पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । पोखराका लागि आन्द्रेज गोउजले शतकीय पारी खेलेका थिए । उनले ५५ बलमा अविजित १०४ रन बनाएका थिए । यो एनपीएलको पहिलो अर्धशतक हो । दिनेश खरेलले अविजित …

पुरा पढ्नुहॊस »