उरुग्वे र साउदीको खेल १–१ को बराबरीमा टुंगियो

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे र साउदी अरबकाे  खेल बराबरीमा टुँगिएकाे छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न भएको खेल १–१ को बराबरीमा सकिएको हो ।

खेलको पहिलो हाफमा साउदी अरबले प्रभावशाली प्रदर्शन गर्दै अग्रता बनाएको थियो । ४१औं मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई १–० को अवस्थामा पु¥याएका थिए ।खेलको ८०औं मिनेटमा म्याक्सी अराजोले गोल गरे । अराजोको गोलसँगै खेल १–१ को बराबरीमा पुगेको छ ।

बाँकी समयमा दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । मंगलबार भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी खेलेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप