काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको बुधबार सम्पन्न खेलमा फ्रान्स, नर्वे र मेक्सिको विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । स्विडेनलाई पराजित गर्दै फ्रान्स, आइभरी कोस्टलाई पराजित गर्दै नर्वे र इक्वेडरलाई पराजित गर्दै मेक्सिको अन्तिम १६ मा प्रवेश गरेको हाे।
स्विडेनलाई ३–० गोलले पराजित गर्दै फ्रान्स प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । फ्रान्सको जितका खेलको ४५ औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । यसैगरी, ५३ औं मिनेटमा ब्राड्ली बार्कोलाले गोल गरेका थिए । यस्तै, खेलको ७४ औं मिनेटमा एम्बाप्पेले अर्को गोल गर्दौ फ्रान्सका लागि ३—०को अग्रता दिलाए । यस खेलमा फ्रान्स ३–० ले विजयी बन्यो । यस जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको हो ।
त्यस्तै, अमेरिकाको डालस रङ्गशालामा भएको खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको हो । नर्वेको जितका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै अग्रता दिलाए । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियालोले गोल गर्दै खेल बराबरीमा ल्याए । यसैगरी, खेलको ८६औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल हुन सकेन । यस खेलको जितसँगै नर्वे अन्तिम १६ मा पुगेको छ ।
बुधबार भएको खेलमा इक्वेडरलाई २-० गोलले पराजित गर्दै मेक्सिकोले पनि फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ । खेलको २२औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए । यसैगरी, खेलको ३१ औं मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले अर्को दोस्रो गाल गर्दै मेक्सिकोलाई २-० को अग्रता दिलाएका थिए । त्यसपछि दुवै टीमले गोल गर्न सकेन । यस गोलसँगै मेक्सिको अन्तिम १६ मा प्रवेश गरेको हो । इक्वेडरको विश्वकप यात्रा राउन्ड अफ ३२ बाट सकिएको छ ।



